महालक्ष्मी विकास बैंक लिमिटेड पालुङ शाखाले थाहा नगरपालिका वडा नम्बर ११ को कालीदेवी प्राथमिक विद्यालय मालागिरीमा अध्ययनरत ५५ जना छात्रछात्रालाई न्यानो कपडा ज्याकेट वितरण गरेको छ । विद्यालयको प्राङणमा २७ पुसमा कार्यक्रमको आयोजना गरी पालुङ शाखाका प्रबन्धक नितेश पाण्डेले विपन्न परिवारका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका हुन्।

महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पु¥याउने उद्देश्यका साथ ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम’ सञ्चालनको क्रममा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको प्रबन्धक पाण्डेले बताए । जाडो बढेसँगै स्कूल आउन समस्या भोगिरहेका विद्यार्थीहरुलाई ज्याकेट वितरण गरिएको बैंकले जनाएको छ । बालबालिकाले न्यानो कपडा पाएपछि दैनिक पठनपाठनमा र विद्यालय सञ्चालनमा सहयोग पु¥याएको विद्यालय प्रधानाध्यापक रुपक उप्रेतीले जानकारी दिए ।

आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत थाहा नगरपालिकाको सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु अझै प्रभावकारी रुपमा सञ्चालन गर्ने बैंकका प्रवन्धक पाण्डेले प्रतिवद्धता जनाए । न्यानो कपडा बितरण कार्यक्रममा थाहा ११ का वडा अध्यक्ष दिनेश बल, विद्यालय व्यवस्थापन समिती अध्यक्ष अमृत थोकर बैंकका कर्मचारीहरु, पत्रकार शम्भु अधिकारी, विद्यार्थी तथा शिक्षक, अभिभावकहरुको उपस्तिथि रहेको थियो।

पालिका प्रेस
थप जानकारी