चाँगुनारायण नगरपालिका वडा नं.३ झौखेलको दुबुलापु न्यौपाने गाउँमा ज्येष्ठ नागरिक मिलन चौतारी स्थापना भएको छ । आफ्नो नगरपालिकाका हरेक वडामा एक ज्येष्ठ नागरिक मिलन चौतारी स्थापना गर्ने लक्ष लिएको चाँगुनारायण नगरपालिकाको ९ वडा मध्ये ५ वडाहरुमा त्यस्ता मिलन चौतारी गठन भईसकेका छन।

चौतारीको तदर्थ समिति अध्यक्षमा सर्बसम्मतले श्रीराम न्यौपानेको अध्यक्षतामा सञ्चालक समिति समेत गठन भएको छ । वडा भित्रका सबै टोल-गाउँ को प्रतिनिधित्व हुनुको साथै तदर्थ समितिमा  महिलाको ३५ प्रतिशत प्रतिनिधित्व पनि सुनिश्चित गरिएको छ।

लेखक, व्यंग्यकार एवम जेष्ठ नागरिक अभियन्ता एजिङ नेपालका संस्थापक अध्यक्ष कृष्ण मुरारी गौतम (चट्याङ मास्टर) ले कार्यक्रममा प्रमुख अतिथिका रुपमा आफ्ना भनाइ राख्दै मिलन चौतारीलाई सफलताको शुभकामना दिए  । साथै उनले उक्त मिलन चौतारीलाई आफ्नो तर्फबाट  एक लाख सहयोग गर्ने जानकारी पनि दिएका थिए।

उक्त स्थापना समारोहमा चाँगुनारायण नगरपालिकाले ज्येष्ठ नागरिक मिलन चौतारीलाइ आबश्य कार्पेट,चकटी,दराज,तातो-चिसो पानीको श्रोत,आदिका साथै भजन तथा मनोरंजन्कालागी आवश्यक बाध्यवादन सामग्री जस्तै हार्मोनियम,झ्याली, मुजुरा, झ्याली आदि पनि तदर्थ समितिलाई हस्तारण गर्‍यो।

उक्त अवसरमा बोल्दै चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्रले  चौतारीलाई  एक लाख सहयोग रकम नगरपालिकाले हरेक बर्ष उपलब्ध गराउने  जानकारी दिए । उक्त अवसरमा स्थानीय ज्येष्ठनागरिकहरुले पनि मिलन चौतारीलाइ बिबिध सामान उपलब्ध गराएर सहयोग गरेका थिए। नवनिर्वाचित अध्यक्ष श्रीराम न्यौपानेले ज्येष्ठ नागरिक मिलन चौतारीले ज्येष्ठ नागरिकका विभिद बिषयमा आगामी दिनमा बिभिन्न कार्यक्रम  तय गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा सुर्यविनायक नगरपालिकाकि उप मेयरको पनि अर्थपूर्ण उपस्थिति रहेको थियो। चाँगुनारायण नगरपालिकाको ‘ज्येष्ठ नागरिक मिलन चौतारी’ कार्यक्रमबाट सिकेर उनले आफ्नो नगरपालिकामा पनि यस्तो कार्यक्रम संचालन  गर्ने विचार राखे। दुवै नगरपालिकाले एक अर्कोबाट सिकेर स्थानीय तहमा सबै उमेर समूहका लागि उचित कार्यक्रम संचालन गर्दै जाने पनि बताए ।

पालिका प्रेस
थप जानकारी