मकवानपुर थाहा नगरपालिकाको प्रसिद्ध शङ्खमूल परिसरमा मोक्ष धाम तिर्थ स्थल बनाउने उद्देश्यसहित क्षेत्र विकास समितिको तदर्थ समिति गठन भएको छ । १४ चैतमा थाहा नगरपालिका वडा नम्बर ३ को तरकारी संकलन केन्द्रमा भएको भेलाले गुप्त बहादुर कार्कीको अध्यक्षतामा २५ सदस्यीय ‘मोक्ष धाम तिर्थ स्थल क्षेत्र विकास समिति’को तदर्थ समिति गठन भएको हो ।
समितिको महिला उपाध्यक्षतर्फ रिता कार्की, खुल्ला उपाध्यक्षमा कमल कुमार केसी, कोषाध्यक्षमा प्रदिप प्रधान तथा सचिवमा अनिल लामिछाने चयन भएका छन् । समितिको सदस्यहरुमा जानुका ढकाल, कविता कार्की, रामप्रसाद ढकाल, कृष्ण कुमार कार्की, मिरा भट्ट, यादवजंग रायमाझी, राधिका रायमाझी, राम बहादुर खत्री, सुस्मा केसी, रमन श्रेष्ठ, निरोज प्रधान, विक्रम गोपाली, अजय कार्कीलगायत अन्य सदस्य छन् ।

विश्वकै तीन शङ्खमूल मध्येको एक यहि शङ्खमूल भएको धार्मिक इतिहास बोकेको शङ्खमूल परिसरमा मोक्ष धाम निर्माणका लागि विभिन्न पूर्वाधार विकास गरी पालिकालाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने नगर पालिकाको लक्ष्य रहेको छ । समिति गठनका लागि १४ चैतमा भएको भेलामा थाहा नगरपालिकाका प्रमुख विष्णु बहादुर विष्ट, उपप्रमुख भरत गोपाली, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानलगायतकाको विशेष उपस्थिती रहेको थियो ।
क्षेत्र विकास समितिको संरक्षकमा नगर प्रमुख तथा उपप्रमुख रहने बताइएको छ ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्