कञ्चनपुरको लालझाडी गाउँपालिकाको देखभुली स्वास्थ्य चौकीलाई उच्च क्षमताको आइएलआर रेफ्रिजेरेटर हस्तान्तरण गरिएको छ ।  केयर नेपाल र निड्स कञ्चनपुरका प्रतिनिधिले गाउँपालिका प्रमुख मदनसेन वडायकलाई रेफ्रिजेरेटर वितरण गरेका हुन् ।

कार्यक्रममा गाउँपालिका प्रमुख वडायकले उच्च क्षमताको रेफ्रिजेरेटर उपलब्ध भएपछि खोप भण्डारणका लागि सहज हुने बताए । २६० लिटर क्षमताको रेफ्रिजेरेटरको मूल्य ४ लाख ९७ हजार रुपैयाँ छ ।

स्वास्थ्य चौकीका अधिकृत लीलाकान्त झाका अनुसार यस्तो प्रकारको डब्ल्यूएचओको मान्यता प्राप्त रेफ्रिजेरेटर एउटा स्वास्थ्य कार्यालय कञ्चनपुर र अर्को देखतभुली स्वास्थ्य चौकीमा मात्रै रहेको छ ।

पालिका प्रेस
थप जानकारी