मकवानपुरको थाहा नगरपालिका वडा नं ११ मालागिरीको कालीदेवी प्रा.वि. का विद्यार्थीहरुलाइृ न्यानो कपडा वितरण गरिएको छ ।

विद्यालयका ईसिइडीदेखि कक्षा ३ सम्मको ४७ जना विद्यार्थीलार्ई न्यानो कपडा स्वरुप स्वेटर वितरण गरिएको हो । विद्यार्थीहरुलाई रोटरी क्लब अफ काठमाडौं वेष्टका पाष्ट प्रेसिडेन्ट किरण कृष्ण जोशीको सहयोगमा रोटरी स्याटेलाइट क्लब अफ काठमाडौं वेष्टका रोटरियन प्रमोद कृष्ण जोशीको संयोजनको वितरण भएको हो ।

कालीदेवी प्रा.वि. व्यवस्थापन समितिका अध्यक्ष मंगलीमाया थोकरको सभाध्यक्षतामा आयोजित कार्यक्रममा रोटरी स्याटेलाइट क्लब अफ काठमाडौं वेष्टका सदस्य प्रमोद कृष्ण जोशीको प्रमुख आतिथ्यमा भएको थियो। कार्यक्रममा स्थानीय समाजसेवी सुनमाया भोम्जन, चिन कुमार गोले, विष्णु दोङ, शशी दोङ, सोम गोले, दिपक वाईबाको साथै अविभावकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम प्रधानाध्यापक गौतम आले मगरले संचालन गरेका थिए ।

पालिका प्रेस
थप जानकारी