मकवानपुरको बागमती गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नियमावली पारित भएको छ । गाउँपालिकाको स्थानीय तहस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिले विद्यालयस्तरको खेलकुद संरचनालाई संस्थागत र दिगोरुपमा सुदृढ गर्न लक्षित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, २०८२ का लागि प्रतियोगिता सञ्चालन, व्यवस्थापन तथा सहभागितासम्बन्धी नियमावली पहिलोपटक सर्वसम्मतिले पारित गरेको हो ।
बैठकले पुस ११, १२ र १३ गते आयोजना हुने प्रतियोगिताका लागि सम्पूर्ण संरचना, व्यवस्थापन र नियमावलीलाई औपचारिकता दिएको छ । गाउँपालिका अध्यक्ष सर्केस घलानले नियमावली पारित हुनु बागमती गाउँपालिकाको खेलकुद संर चना सुदृढीकरणतर्फको महत्वपूर्ण मोड रहेको बताउँदै विद्यालयस्तरमै खेल संरचना मजबुत बनाउने दीर्घकालीन दृष्टिकोणलाई यसले संस्थागत आधार प्रदान गरेको उल्लेख गरे । यसले स्थानीय खेल प्रतिभाको पहिचान, विकास र राष्ट्रिय तहसम्मको पहुँच विस्तार गर्न प्रभावकारी भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे ।
आयोजक समितिका संयोजक रहरसिंह थिङको अध्यक्षतामा बसेको बैठकमा गाउँपालिका अध्यक्ष सर्केश घलान, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जी, सामाजिक विकास संयोजक कमानसिंह पाख्रिन, खेलकुद विकास समितिका पदाधिकारीहरु, विद्यालयका प्रधानाध्यापक, खेलकुद शिक्षक, प्रशिक्षक तथा सरोकार वालाको सक्रिय सहभागिता रहेको थियो ।


















































पालिका प्रेस 














प्रतिक्रिया दिनुहोस्