मकवानपुरको थाहा नगरपालिकामा छैठौँ संस्करणको ‘थाहा गोल्डकप–२०८३’ आयोजना हुने भएको छ । शिखर क्लब, शिखरकोटको व्यवस्थापन तथा थाहा नगरपालिकाको आयोजनामा प्रतियोगिता जेठ २७ गतेदेखि इन्द्रायणी चौरमा प्रतियोगिता सञ्चालन हुने भएको हो ।
आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुन चाहने टोलीले जेठ २४ गतेसम्म टिम दर्ता गरिसक्नुपर्नेछ । प्रतियोगितामा भाग लिने खेलाडीको हकमा ईन्द्रायणीको अनिवार्य नागरिकता वा बसाइँसराइ प्रमाणपत्र आवश्यक पर्ने जनाइएको छ । प्रतियोगिताको विजेता टोलीले नगद रु २ लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीलाई नगद रु १ लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
स्थानीय स्तरमा फुटबल खेलको विकास, खेलाडीको प्रतिभा प्रोत्साहन तथा खेल संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले गोल्डकप आयोजना गर्न लागिएको बताइएको छ। प्रतियोगितामा विभिन्न टोलीबीच प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।
















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्