दोलखा जिल्लाको तामाकोशी गाउँपालिकाको आयोजनामा ११२ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

गाउँपालिका अध्यक्ष इश्वरचन्द्र पोखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा गाउँपालिकाका ७ वटै वडाका महिला स्वास्थ्य स्वयंसेविकाहरु, महिला मेलमिलाप सहजकर्ताहरु, महिला शिक्षक, कार्यपालिका सदस्यहरु, सहकारी तथा समूहका प्रतिनीधि र कर्र्मचारीहरुको उपस्थिती रहेको पालिकाककी महिला बालबालिका शाखा प्रमुख सचिना न्यौपानेले जानकारी दिइन् ।

गाउँपालिकाकाकी उपाध्यक्ष उर्मिला खड्का केसीको अध्यक्षतामा भएको कार्यक्रमका सहभागीहरुलाई शर्मिला थापाले सहजीकरण गरेकी थिइन् ।

पालिका प्रेस
थप जानकारी