हेटौंडाको क्याम्पाडाँडा खेलमैदानमा भएको फुरुष तर्फको फुटबल खेलमा मकवानपुरले उपाधी हात पारेको छ । ६ चैतमा भएको फाइनल खेलमा मकवानपुर बिजयी भएको हो ।
बागमती प्रदेश खेलकुदअन्तर्गत पुरुष फुटबल प्रतियोगिताको उपाधि मकवानपुरले जितेको हो । घरेलु मैदानमा मकवानपुरले ललितपुरलाई पेनाल्टी सुटमा ३–० गोलअन्तरले पराजित गरेको हो ।
निर्धारित समय २–२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटमा धकेलिएको थियो । हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको फाइनल खेलमा ललितपुरले अग्रता लिएको थियो ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्