थाहा नगरपालिकाले स्थानीय पाठ्यक्रम प्रकाशनका लागि आव्हान गरेको दरभाउपत्रको मूल्याङ्कन गरी आशयको सूचना जारी गरेको छ । पालिकाले २७ फागुनमा प्रथम पटक र १२ चैतमा दोस्रो पटक प्रकाशन गरेको सूचना अनुसार पर्न आएका बोलपत्रहरु मध्येबाट मूल्याङ्कन गरी सूचना प्रकाशन गरेको हो ।

बोलपत्रहरुका सम्बन्धमा १८ चैतमा बसेको मूल्याङ्कन समितिको बैठक अनुसार मैना प्रिन्टिङ प्रेस एण्ड मिडिया प्रा.लि. काठमाण्डौले सबैभन्दा कम ६ लाख ४६ हजार ६३० रुपियाँमा स्थानीय पाठ्यक्रमको पुस्तक छाप्ने कबुल गरेको छ । बैठकले उक्त कबुल स्वीकृत तथा सिफारिस गरेको थाहा नगरपालिकाले जनाएको छ ।

स्वीकृत कम्पनीले सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ बमोजिम कोही कसैको दावी विरोध भए २० चैतको मितिले ७ दिनभित्र नगरपालिकामा निवे्दन पेश गर्न सूचनामा भनिएको छ ।

पालिका प्रेस
थप जानकारी