पालुङ बहुमुखी क्याम्पसको पाँचौ परिषद सभा तथा १९ औं वार्षिक उत्सव विविध कार्यक्रमको आयोजना गरी मनाइको छ । मकवानपुर जिल्लाको उत्तरी क्षेत्रमा रहेको एकमात्र स्नातक तह अध्यापन हुने क्याम्पसको २८ चैतमा वार्षिक उत्सव कार्यक्रम मनाइएको हो ।

थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्टको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रमका प्रमुख अतिथी तथा नगर प्रमुख विष्टले जीवन र जगतलाई बुझ्ने र समाजप्रतिको उत्तरदायित्व हुने शिक्षा नै आजको आवश्यकता भएको औल्याए । उनले आर्थिक अभावले पालुङ क्याम्पस बन्द हुन नदिने बताउँदै प्रविधीमैत्री शिक्षामा नगर अगाडि बढ्न तयार रहेको उल्लेख गरे । यसका लागि नगरपालिका हातेमालोको गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरे । उनले क्याम्पसको सफलताको कामना गर्दै गुणस्तरीय शिक्षाका लागि शुभकामना व्यक्त गरे । सो अवसरमा प्रमुख अतिथि विष्टले क्याम्पसले वार्षिक उत्सवको अवसरमा प्रकाशन गरेको ‘पालुवा’ स्मारिका विमोचन गरे । क्याम्पस संचालक समितिका उपाध्यक्ष श्यामभक्त श्रेष्ठले कार्यक्रमका अतिथीहरुलाई स्वागत गरेका थिए । कार्यक्रममा क्याम्पसले साताव्यापी रुपमा आयोजना गरेको विभिन्न प्रतियोगिता उत्कृष्ट तथा कार्यक्रमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । वार्षिक उत्सव कार्यक्रममा उत्कृष्ट हुनेलाइ प्रमाणपत्र बितरण गरिएकाे थियो भने बिबिएस संकायमा उत्कृष्ट अंक ल्याउने बिकेश गोपाली तथा राकेश प्रधानलाई सम्मान गरिएको थियो । त्यस्तै विषयगत प्राध्यापकद्वय सन्तोष हमाल र सहमुद्दिन मियाँलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा क्याम्पसको आर्थिक प्रतिवेदन संचालक समितिका कोषाध्यक्षकाे तर्फबाट बिमल कुमार विष्टले प्रस्तुत गरेका थिए । कार्यक्रमकै अवसरमा २३ जना विद्यार्थीलाई विभिन्न संघसंस्था तथा व्यक्तिहरुबाट प्रदान गरिएको छात्रवृत्ति वितरण गरिएको थियो ।

कार्यक्रममा थाहानगर शिक्षा समितिका सदस्य सुरेन्द्रमान प्रधानले पालुङ क्याम्पसमा विद्यार्थी संख्या बढ्न नसक्नु चिन्ताको विषय भएको बताउदै नगरको विकासको पूर्वाधार मध्ये क्याम्पस पनि महत्वपूर्ण भएको बताए । प्रधानले क्याम्पसको विकासका लागि संचालक समितिको मात्र मुख ताकेर बस्न नहुने र अपनत्वको भावना विकास गराउनुपर्ने धारणा राखे । उनले क्यम्पसको नीति तथा कार्यक्रम परिमार्जन गर्ने बेला भएकोमा समेत जोड दिदै भने–‘नगरका ६२ वटा विद्यालयमा अध्ययन गर्ने विद्यार्थी उच्च शिक्षा लिन कहाँ जान्छन भनेर खोज्नुपर्छ, उनीहरुको उच्च शिक्षा अध्ययनको थलो यहि क्यम्पसलाई बनाउनूपर्छ ।’

नेकपा माओवादी केन्द्र थाहानगरका अध्यक्ष बिनोद कुमार लामाले समाजमा भएको शैक्षिक संस्था कत्तिको उत्कृष्ट छ भन्ने मापन त्यहाँका राजनीतिक दलहरु कत्तिको उत्कृष्ट छन् भन्ने कुराले देखाउने बताए । नेकपा एमाले थाहानगर अध्यक्ष अच्युत्तम प्रसाद ढकालले पालुङमा उच्च शिक्षाको सपना देख्दै क्याम्पस स्थापना गर्नुपर्छ भनेर दिलोज्यान लगाउने तत्कालीन दामन पालुङ आर्थिक विकास समितिका अध्यक्ष वाशुदेव बिष्टको सम्झाना गरे । ढकालले १५ लाखको बजेटमा समेत शिक्षालाई महत्व दिने यहि ठाउँ अहिले १ अर्बको बजेट हुँदा पनि शिक्षा क्षेत्र ओझेलमा परेको बताए । उनले भने–‘यतिका वर्ष बजेट बाँड्यौं, शिक्षालाई कति छुट्टायौँ समिक्षा समिक्षा गरौं ।’ कार्यक्रममा नेपाली काँग्रेसकी नेतृ राममाया खत्रीले क्याम्पसले गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताउँदै शुभकामना दिइन् ।

क्यम्पसलाई शुभकामना दिदै संघसंस्थाको तर्फबाट पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष पुरुषोृत्तम कार्कीले २०४८ सालमा एकमत हुन नसक्दा नगरमा क्याम्पस खोल्न पाँच बर्ष ढिलो भएको स्मरण गरे । उनले नजिकको तिर्थ हेला भन्ने उदाहरण ‘पालुङ क्याम्पस’ भएको बताउदै क्याम्पसले गुणस्तरीय शिक्षा दिन्छ भन्ने सबै तिर सन्देश पु¥याउनू आजको आबश्यकता भएको औल्याए । उनले क्याम्पसलाई पालुङ बहुउद्देश्यीय सहकारीले छात्रवृत्ति दिदै सहयोग गर्दै आएको पनि जानकारी गराए ।

कार्यक्रमका सभाध्यक्ष तथा क्याम्पस संचालक समितिका अध्यक्ष बिष्णु विष्ट ‘आदर्श’ले आफुले नेतृत्व सम्हालेर भौतिक, आर्थिक एवं प्राज्ञिक विकासको कार्यलाई यथासम्भव अघि बढाएको चर्चा गरे । अध्यक्ष विष्टले युगानुसार अघि बढाउन धेरै काम बाँकी रहेको स्मरण गदै, सीमित विद्यार्थीबाट दुईवटा संकायमा पठनपाठन हुँदै आएको उललेख गरे । उनले थाहा नगरपालिकाको मात्र आर्थिक सहयोगले क्याम्पस संचालनका लागि नपुग हुने बताएउँदै प्रदेश तथा संघबाट किटानीसाथ रकम प्राप्त नहँुदासम्म क्याम्पस आर्थिक रुपमा सबल हुन कठिन रहेको बताए । क्याम्पसको विकासका लागि सरोकारवाला एकजुट भएर संस्थागत हितमा जुट्नु आवश्यक रहेको बताउदै आगामी वर्षमा सबैको साथ र समयको माग बमोजिम संकाय थप गर्ने प्रतिवद्धता जनाए ।

वार्षिक उत्सव कार्यक्रममा पालुङ बहुमुखी क्याम्पसको पाँचौ परिषद सभा तथा १९ औंवार्षिक उत्सव कार्यक्रममा थाहानगर शिक्षा शाखा प्रमुख शोभाकर रेग्मी, नेकपा एकीकृत समाजवादीका डम्बर लामा, नेकपा एमाले थाहा इन्चार्ज बिष्णु प्रसाद ढकाल, भुपु सैनिक संघ मकवानपुर अध्यक्ष कमल कुमार केसी, भुमी आयोग मकवानपुर सदस्य अरुण रायमाझी, क्याम्पस प्रमुख रामहरि अधिकारी, संचालक समितिका सदस्यहरु, नगरभित्रका विद्यालय ब्यबस्थापन समितिका अध्यक्षहरु, पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष पुरुर्षोत्तम कार्की, पालुङ जेसिज वर्ष २०२२ अध्यक्ष जयराम केसी, थाहानगर उद्योग बाणिज्य संघका भरत गोपाली, जनकल्याण माविका अध्यक्ष राजिब स्याङ्तान, थाहानगर होटल एसोसिएसन अध्यक्ष शिवकुमार खत्री, स्ववियु सभापति मुकेश गोलेलगायतकाको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा क्यम्पसका विद्यार्थीहरुले सास्कृतिक प्रस्तुति समेत दिएका थिए ।