मकवानपुर थाहा नगरपालिकाले पालिकाका कर्मचारीहरुको तह वृद्धि गर्ने भएको छ । थाहा नगरपालिकामा नियुक्ति भई वा समायोजन भएका कर्मचारीहरुको तह वृद्धिका लागि पालिकाले २२ असारमा सूचना प्रकाशन गरेको हो ।

बागमती प्रदेश सरकारको स्थानीय सेवा (गठन तथा संचालन) अध्यादेश, २०७८ को दफा ९ उपदफा (२) तथा दफा ३० बमोजिम तह वृद्धि गरिने बढुवा पदपूर्ति समितिका सदस्य सचिव अजित घिमिरेले जानकारी दिए । थाहाले ७ दिनको म्याद राखेर सूचना प्रकाशन गरेको हो ।

हेर्नुहोस् सूचनाः

पालिका प्रेस
थप जानकारी