कर्मचारी समायोजन सम्बन्धी मुद्दाको फैसला भदौ १ गते हुने भएको छ ।

कर्मचारी समायोजनसम्बन्धी एक सयभन्दा बढी मुद्दाको एकमुष्ट सुनुवाइँ गर्दै संवैधानिक इजलासले भदौ-१ गते निर्णय सुनाउन मिति तोकेको हो ।

संघीयता कार्यान्वयनसँगै सरकारले गरेको कर्मचारी समायोजनका क्रममा आफूहरूलाई प्रदेश तथा स्थानीय तहमा अन्यायपूर्ण तरिकाले  समायोजन गरेको भन्दै  कर्मचारीले सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

संवैधानिक इजलासले निर्णय सुनाएपछि कर्मचारी समायोजनसम्बन्धी संवैधानिक तथा कानुनी विवादको अन्त्य अपेक्षा गरिएको छ ।

पालिका प्रेस
थप जानकारी