कैलाश गाउँपालिकाले १०० दिनको प्रगति विवरण सार्वजिनक गरेको छ । गएको बैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाच अन्तर्गत निर्वाचित भएर पदभार ग्रहण गरेपछिको १०० दिनको प्रगति विवरण सार्वजनिक भएको हो। शुक्रबार पालिकामा आयोजित कार्यक्रममा अध्यक्ष लोक बहादुर मुक्तानले १०० दिनको अवधिमा भएका प्रगति सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा उपाध्यक्ष बाल कुमार मल्ल ठकुरी, वडाध्यक्षहरू राजेन्द्र घिसिङ, भुवनसिं घलान लगायत कार्यपालिका सदस्यहरूको उपस्थिति थियो । अध्यक्ष मुक्तानले यति छाेटाे समयमा पालिकाले प्राप्त गरेको सफलतामा खुसि व्यक्त गर्नुभयो । निर्वाचित भएर आउँदा आर्थिक बर्ष सकिनै लागेकाे र नयाँ आर्थिक बर्ष पनि यहि अवधिमा सुरू भई नयाँ कार्यक्रमहरू सुरु गर्न खाेजिरहेकाे अवस्थामा पालिका बाट भएका कामहरू हेर्दा आगामी दिनहरूमा अझ राम्राे गरि काम गर्न प्रेरणा मिलेको उनले बताए ।

पालिकाले ५ सय घरपरिवारको स्वास्थ्य विमा कार्यक्रम अगाडि बढाएको छ । गाउँपालिका भित्रको स्वास्थ्य संस्थामा सुत्केरी हुने सम्पुर्ण महिलाहरूलाई नेपाल सरकारले नियमानुसार दिने सुविधाको अतिरिक्त थप २ हजार रूपैंया पोषण भत्ता व्यवस्था गरिएको छ । हरेक वडाबाट २ जनाका दरले २० जना विद्यार्थीलाई कृषि/पशु जेटीए पढाउन सुरु गरिएको छ । यसैगरी जटिल खालका प्रसव व्यथा लागेका महिलाहरूलाई सम्बन्धित अस्पतालसम्म पुर्‍याउन निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराईएको छ ।

वडा नम्बर ९ र १० मा दुग्ध चिस्यान केन्द्र स्थापनाको लागि बजेट व्यवस्था गरिएको छ । गाउँपालिका वडा कार्यालयहरु र सम्पुर्ण स्वास्थ्य चौकीहरुमा ईन्टरनेटको व्यवस्था गर्नकाे लागि नेपाल दुरसञ्चार संस्थानसँग 4G संचालनको लागि पहल भैरहेको, न्यून वेतनमा काम गरिरहेका कर्मचारीलाई न्यायाेचित तलव सुविधाको व्यवस्था गरिएको साथै महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई मासिक ३ सय रूपैंया थप व्यवस्था गरिएको छ । पूर्वाधारतर्फ गाउँपालिकादेखि किर्तिमान डाँडासम्मको १ किमि वाटोलाई चौडा गरि ग्राभेल गरिएको छ ।

No description available.

२ सय २५ घरधुरीलाई खर मुक्त छाना अभियानको सुभारम्भ गरिएको छ । पालिकाकाे महत्वपूर्ण सडकहरूमा पक्की पुलकाे निर्माणकाे थालनि गरिएको छ । यसैगरी ४ वटा पक्की पुल निर्माण गर्नकाे लागि डीपिआर तयार गरि सम्वन्धित मन्त्रालयमा कुरा भैरहेको र ४ वटा झाेलुङ्गे पुलको बजेट विनियोजन गरिएको छ ।

यसैगरि पालिकाबाट सरूवा भएका प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईको विदाई गरिएको छ भने पालिकामा आउनुभएका नयाँ प्रशासकीय अधिकृत अशाेक बिष्टलाई स्वागत गरिएको छ । चौलागाई १४ महिनादेखि कैलाश गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत थिए भने बिष्ट पञ्चकन्या गाउँपालिका नुवाकोटबाट सरुवाभई आएका हुन् ।

पालिका प्रेस
थप जानकारी