नेपाल सरकारका थप दुई सचिवको सरुवा गरिएको छ । सरकारले कार्तिक १६ गतेकै बैठकमा राखेर भूमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारण मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको सरुवा गरेको हो ।

भूमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव राम प्रसाद थपलियालाई प्रधानमन्त्री कार्यालयको अतिरिक्तमा तान्दै अतिरिक्तमा रहेका डा. दामोदर रेग्मीलाई सहकारीमा लगिएको हो । कार्तिक १६ गते मात्रै नवनियुक्त सचिव केशव कुमार शर्माको पदस्थापनसहित दुई सचिवको जिम्मेवारी साटफेर गरेको थियो ।

चुनावको मुखमा सचिवकै सरुवा गरिएको भन्दै आलोचना भई रहँदा १२ दिन बाँकी हुँदा मात्रै गरिएको थपघटलाई प्रशासकहरूले प्रशासन तन्त्रलाई थप अस्थिर बनाउने प्रयासका रूपमा चित्रण गरेका छन् ।

पालिका प्रेस
थप जानकारी