थाहा नगरपालिका वडा नम्बर ३ मा रहेको सीताराम दिवासेवा केन्द्रका लागि आर्थिक सहयोग भएको छ । पालुङ जेसिले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पालुङ जेसीज वर्ष २०२२ का अध्यक्ष जयराम खत्रीले आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् । दिवासेवा केन्द्रमा २५ कार्तिकमा आयोजित कार्यक्रममा “सहयोग हस्तान्तरण“ गरिएको महासचिव निरज रायमाझीले जानकारी दिए ।

सहयोग सहयोग रकम उपलब्ध भएपछि दिवासेवा केन्द्रका ज्येष्ठ नागरिकहरु खुशी भएका थिए । जेसिजले गरेको सहयोगको प्रशंसा गर्दै सेवा केन्द्रका अध्यक्ष इश्वर कार्कीले धन्यवाद दिए । कार्यक्रममा पालुङ जेसीजका पुर्व अध्यक्षहरु सानोभाई कार्की, नवराज लामा, २०२२ का बोर्ड सल्लाहकार मनोज रायमाझी, मूल कार्यक्रम संयोजक संजय गोपाली, उपसंयोजक अन्जल प्रधान, कार्यक्रम संयोजक अजय कार्कीलगायतका जेसीज पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

यसैबीच जेसीज सप्ताह अन्तर्गत २६ कात्तिक विहान भएको खुल्ला दौड प्रतियोगितामा निखिल बर्तौलाले प्रथम भएका छन् । बर्तौलाले निर्धारीत दुरी २१ मिनेट १९ सेकेन्डमा पार गरेका थिए । थाहाकै विजय सुनुवारले २१ मिनेट ३७ सेकेन्डमा निर्धारित दुरी पार गर्दै द्वितीय र २२ मिनेट ३७ सेकेण्डमा निर्धारीत दुरी पार गर्दै अजय कुमार श्रेष्ठले तेश्रो भएका थिए । विजयी खेलाडीहरुलाई थाहानगर खेलकुद विकास समिति संयोजक टिकाराम स्यांगतानले नगद तथा प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगितामा २७ जनाको सहभागिता रहेको थियो ।

जेसीज अध्यक्ष जयराम खत्रीको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा जेसीजका वर्तमान पदाधिकारी तथा पुर्व अध्यक्षहरु कार्यक्रम संयोजक मानसिंह दोंङलगायतका उपस्थिति रहेको कार्यक्रम महासचिव निरज रायमाझीले संचालन गरेका थिए ।

पालिका प्रेस
थप जानकारी