मन्थली नगरपालिकाले शारीरिक रुपमा अशक्त व्यक्तिका लागि आवश्यक सामग्री माग गर्न अनुरोध गरेको छ । आइतबार नगरपालिकाले एक सूचना जारी गर्दै माग फाराम भर्न अनुरोध गरेको हो ।

सूचना अनुसार शारीरिक रुपमा अशक्त व्यक्तिको सहजको लागि मागमा आधारित सहायक सामग्री वितरण कार्यक्रम अनुुसार पालिकाले स्थानीय बासिन्दा समक्ष सो अनुरोध गरेको हो ।

इच्छुक व्यक्तिले कागजातसहित मंसिर मसान्तसम्म आवेदन पेश गर्न सक्ने सो सूचनामा उल्लेख गरिएको छ । वडा कार्यालयको सिफारिस, अपाङ्गताको प्रमाणपत्र र नागरिकताको प्रतिलिपीसहित पालिकामा सम्बन्धित व्यक्तिले आवदेन दिन सक्ने पालिकाले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी