बागमती प्रदेश लोक सेवा आयोग हेटौंडाद्वारा एकै पटक ६२९ जना कर्मचारी माग गरिएको छ । आजको गोर्खापत्र दैनिकमा सूचना प्रकासन गरेर यतीका धेरै कर्मचारी माग गरिएको हो ।

बागमती प्रदेश सरकार र स्थानीय तहका लागि भनेर पाँचौं तहका कर्मचारी मात्र मात्र गरिएको प्रदेश लोक सेवा आयोगका अध्यक्ष सुरेश मान श्रेष्ठले जानकारी दिनुभयो । प्रदेशका बिभीन्न मन्त्रालय, मातहतका कार्यालय र स्थानीय तहका लागि भनेर पाँचौ तहका ६२९ जना कर्मचारी माग गरिएको उहाँले वताउनुभयो ।

प्रदेश लोक सेवा आयोगले ५२ वटा स्थानीय तहका ४८१ जना र प्रदेश सरकारका लागि १४८ जना कर्मचारी माग गरिएको हो । काठमाण्डौं महानगरपालिकाले पनि पहिलो पटक कर्मचारी माग गरेको छ ।

अहिलेको पाँचौ तहको परिक्षामा टिकमार्क, लिखीत परिक्षा र मौखिक समेत हुने अध्यक्ष श्रेष्ठले वताउनुभयो । प्रदेश सरकारले पनि सबै भन्दा धेरै कर्मचारी आवस्यक छ भनेर माग गरेको यो पहिलो पटक हो ।

 

पालिका प्रेस
थप जानकारी