मकवानपुरको चित्लाङ–थानकोट सडक (गणेशमानसिं मार्ग) स्तरीकरणको सम्बन्धमा मकवानपुर–२ का सांसद महेश कुमार बर्तौलाले सक्रियता बढाएका छन् । थाहा नगरपालिका र छिमेकी कैलाश तथा इन्द्रसरोवर गाउँपालिका समेतलाई काठमाण्डौं जोड्ने छोटो मार्ग चित्लाङ थानकोट सडकको स्तरीकरणकाका सम्बन्धमा सांसद बर्तौलाले सडक विभागका महानिर्देशक अर्जुनजंग थापासंग भेटवार्ता भएको छ ।

साँसद बर्तौलाले सडक विभागका महानिर्देशक अर्जुन जंग थापालाई १९ माघमा भेटी सडकलाई प्राथमिकतामा राखेर काम गर्न अनुरोध गरेका छन् । सडक निर्माण तथा स्तरीकरणमा भएको ढिला सुस्तीलाई द्रेतगतिमा अघि बढाउन आग्रह गरेका छन् । बर्तौलाले चित्लाङ चन्द्रागीरी सडकसंगै कान्ती लोकपथ सडकको स्तरोन्नती बारे पनि प्राथमिकता राखेर काम गर्न तथा आफ्नो निर्वाचन क्षेत्रमा विभागले हेर्ने सडक, मोटोरेवल पुल तथा स्तरिकरणको काम अगाडी बढाउन विभागलाई अनुरोध गरे ।

सडक विभागका महानिर्देशक थापाले चित्लाङ–चन्द्रागिरी–थानकोट सडक स्तरीकरण गर्न सकारात्मक भएको प्रतिक्रिया दिए । उनले निर्वाचित साँसदसंग समन्वय गरि काम गर्ने प्रतिवद्धता जनाए । महानिर्देशक थापाले सो सडक खण्डमा सडकको चौडा, नाली तथा केहि स्थानहरुमा कटिङको काम गर्न बाँकी रहेको बताए ।

पालिका प्रेस
थप जानकारी