लोक सेवा आयोगले राजपत्राङ्कित द्वितीय श्रेणी(उपसचिव)को अन्तिम नतिजा सार्वजनिक गरेको छ ।

आयोगले लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनौट भएका विभिन्न उम्मेदवारहरूको अन्तर्वार्ता, इन बास्केट एक्सरसाइज र लिखित परीक्षासमेतको प्राप्ताङ्कका आधारमा स्थायी नियुक्तिका लागि सम्बन्धित मन्त्रालयमा सिफारिस गरेको हो ।

आयोगले २२ पुसमा केन्द्रीय कार्यालयको विज्ञापन नं. १६६७१-१६६८७।०७७-७८ (खुला/समावेशी) र १६७०५/०७७-७८ (दलित), नेपाल न्याय/परराष्ट्र/प्रशासन/लेखापरीक्षण/संघीय संसद सेवा, न्याय/कानून/सरकारी वकिल/सामान्य प्रशासन/लेखा/राजस्व समूह, रा.प.द्वितीय श्रेणी (अप्रा.), उपसचिव वा सो सरह पदको सिफारिश एवं एकमुष्ठ योग्यताक्रम सार्वजनिक गरेको हो ।

हेर्नुहोस् सूची

पालिका प्रेस
थप जानकारी