कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका–६ कसरौलमा निर्माण भइरहेको वडा कार्यालय भवन निर्माणको काममा अवरोध गरिएको भन्दै वडावासी आन्दोलित भएका छन् ।

वडाका बासिन्दाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेनाले निर्माणमा रोक लगाएपछि निर्माण सञ्चालन गर्न माग गर्दै स्थानिय नगरपालिका कार्यालय पुगेका हुन् । आन्दोलित स्थानिय बासिन्दाले बिहीबार नगरपालिका कार्यालयमा पुगेर तालाबन्दी गरेका थिए ।

नगर प्रमुख दिलबहादुर ऐरले निकुञ्जका प्रमुख संरक्षण अधिकृतसँग छलफल गरी निर्माणको कामलाई निरन्तरता दिन पहल गर्ने आश्वासन दिएपछि ताला खोलिएको थियो । उनले निकुञ्ज कार्यालयले वडा कार्यालय बनाउनेबारे सोधेको प्रश्नको जफाव पठाइसकिएको उल्लेख गर्दै निकुञ्जले अवरोध गर्नुको कुनै अर्थ नरहेको बताए ।

पालिका प्रेस
थप जानकारी