मकवानपुर थाहा नगरपालिकामा रहेका विद्यालयहरुको कक्षा ८ को नतिजा प्रकाशन भएको छ । थाहा नगरपालिका शिक्षा शाखाले ३० असारमा वेभसाइट मार्फत नतिजा प्रकाशन गरेको हो ।

प्रकाशित नतिजा अनुसार ३.६ देखि ४ जिपिएसम्म आउने विद्यार्थी संख्या जम्मा १८ जना रहेको छ । यो परीक्षामा सहभागी विद्यार्थी संख्याको २.७३९ प्रतिशत मात्र हो । त्यसैगरी ३.२ देखि ३.६ जिपिएसम्म आउने विद्यार्थी संख्या ८५ रहेको छ भने २.८ देखि ३.२ जिपिएसम्म आउने विद्यार्थी संख्या १ सय १२, २.४ देखि २.८ जिपिएसम्म आउने विद्यार्थी संख्या १ सय ७३, २ देखि २.४ जिपिएसम्म आउने विद्यार्थी संख्या २ सय ३५, १.६ देखि २ जिपिएसम्म आउने विद्यार्थी संख्या ३१ र १.२ देखि १.६ जिपिएसम्म आउने विद्यार्थी संख्या ३ जना रहेको थाहा नगरपालिका शिक्षा शाखाले जनाएको छ ।

थाहानगरका विभिन्न स.स्थागत तथा सामुदायिक विद्यालयका ६ सय ५७ परीक्षार्थी ८ कक्षाको परीक्षामा सहभागी थिए । ६ सय ६४ परीक्षार्थीले फर्म भरेको भएपनि ७ जनाले परीक्षा नदिएको शिक्षा शाखाले जानाएको छ ।

यो पनि पढ्नुहोस् ।

थाहानगरको ८ कक्षाको नतिजा प्रकाशन [कस्को ग्रेड कति ?, हेर्नुहोस नतिजा]

पालिका प्रेस
थप जानकारी