तनहुँको व्यास नगरपालिकाले २८२ योजना सम्पन्न भएको जनाएको छ । नगरपालिका स्तरीय र वडा स्तरीय कुल ९८६ योजनामध्ये उक्त योजना निर्माण सम्पन्न भएको हो । ३ सय ८४ सम्झौता भई निर्माण प्रक्रियामा रहेको र ३२० सम्झौता हुन बाँकी रहेको नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिए ।

शिक्षा तथा सामाजिक विकास शाखाको सिफारिसबमोजिम संघीय बजेटअन्तर्गत ६ लाख ५० हजारका दरले चार विद्यालयलाई ई–लाईब्रेरी, तीन विद्यालयलाई आइसीटी स्थापना र ती विद्यालयका लागि साइन्स ल्याबका लागि बजेट निकासा गर्ने भएको छ । पाँच विद्यालयका लागि ५० हजार रुपैयाँका दरले विद्यालय सामग्री (किट्स) वितरण गर्ने गरी छनोट गरिएको उनले बताए ।

नगरपालिकाबाट सहिद दिवस र नारी दिवसका दिन हुने खुल्ला अल्ट्रा म्याराथन र महिला हाफ म्याराथनको व्यवस्थापन गर्न नगर खेलकुद समिति र माविस्तरीय मेयर, उपमेयर कप फुटबल प्रतियोगिता र राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता व्यवस्थापन गर्न शिक्षा तथा सामाजिक विकास शाखालाई निर्देशन दिने निर्णय गरेको नगरपालिकाले बताएको छ ।

पालिका प्रेस
थप जानकारी