नगरपालिका स्थापना दिवसमा थाहा नगर–प्रमुख –११ र प्रमुख प्रशासकीय अधिकृत –११ बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ । १० असारमा पारित नीति तथा कार्यक्रममा थाहा नगरपालिकामा खेलिने र खेल्ने सम्भावना भएका खेलहरुलाई प्राथमिकताका आधारमा खेलाउन, विकास गर्न र प्रर्वद्धन गर्ने समेत उल्लेख छ ।

पालिका क्षेत्रका विभिन्न विद्याका खेलाडीको विवरण संकलन गरी सूचीकृत गर्ने, खेलाडी हित कोष सञ्चालन गर्न आवश्यक व्यवस्था गर्ने, थाहा खेलकुद विकास समिति र थाहा नगरपालिकाको लोगो सहित जर्सी तयार गरी खेलाडी तथा अफिसियललाई उपलब्ध गराई नगरको प्रतिनिधित्वलाई एकरुपता प्रदान गर्ने नीति पालिकाको छ ।

नगरपालिका तथा खेलकुद विकास समिति आयोजक रहने प्रतियोगिताहरुमा सम्भव भएसम्म स्थानीय कलिगढ मार्फत तयार गरिएका सामग्री प्रयोगमा प्राथमिकता दिने, फुटबल, भलिबल कराँते लगाएतका खेलका लागि प्रशिक्षक तथा रेफ्री उत्पादन गर्न आवश्यक व्यवस्था गर्दै नगरमा उपलब्ध भएका जनशक्तिको रोष्टर तयार गरी प्रतियोगिताहरुमा प्राथमिकता दिने, खेल सरोकारवालाहरुको भेला राखी खेल क्यालेन्डर तयार गरी कार्यान्वयन गर्ने, वडा खेलकुद समितिलाई वडा मार्फत बजेट विनियोजन गराई वार्षिक रुपमा कम्तीमा १ वडास्तरीय खेल प्रतियोगिता सञ्चालन गर्ने पालिकाको नीति छ ।

‘एक वडा एक ठूला खेल मैदा’नको नीती नगरपालिकाको छ । भएका सबै खेलमैदानको सूचीकृत गरिने, सानो लगानीमा तयार हुने खेल पूर्वाधारका लागि आवश्यक बजेट व्यवस्था गर्दै कम्तीमा १ खुला, २ जिल्लास्तरीय, ३ नगरस्तरीय र ४ वटासम्म वडा स्तरीय खेल आयोजना गर्ने पालिकाको नीति छ ।

यो पनि पढ्नुहोस्

थाहानगरको नीति तथा कार्यक्रम पारित [पढ्नुहोस् पूर्णपाठ]

पालिका प्रेस
थप जानकारी