लोकसेवा आयोगले केही संगठीत संस्थाहरुको पदपूर्ति तत्कालका लागि स्थगित गरेको छ । आयोगले राष्ट्रिय वाणिज्य बैंक,नेपाल राष्ट्र बैंक,नेपाल प्रहरी,नेपाल टेलिकम र नेपाल दूरसञ्चार प्राधिकरणको यस अघि प्रकाशित विज्ञापन अनुसारको पदपूर्ति कार्य तत्कालका लागि स्थगन गरिएको जनाइएको छ ।

No description available.

आयोगका सुरक्षा निकाय तथा संगठित संस्था महाशाखाका उपसचिव नारायणप्रसाद ज्ञवालीद्धारा जारी द्धारा सूचना अनुसार,यी विज्ञापन उपर प्रेमीलाल चौधरी,पिन्टु कुमार कर्ण र विनोद चन्द लगायतले अदालतमा दायर भएको रिट उपर प्रारम्भिक सुनुवाई पछि अदालतले तत्कालका लागि ती विज्ञापनमा पदपूर्ति नगर्न अल्पकालीन अन्तरिम आदेश दिएसँगै रोकिएका हुन । यद्यपि आन्तरिक प्रतिष्प्रर्धातर्फका विज्ञापन भने नरोकिने आयोगले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी