कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ४ असैनामा नगर अस्पताल भवन निर्माण सुरु गरिएको छ । १० शय्ययाको नगर अस्पताल भवन निर्माण सुरु गरिएको हो ।  नगरपालिकाका इन्जिनियर दीपक धामीका अनुसार ६ करोड २४ लाख रुपैयाँ लागतमा ठेक्का प्रक्रियामार्फत अस्पताल भवन निर्माण अगाडि बढाइएको छ । एमके बिल्डर्स र निरज कन्स्ट्रक्सनसँग अस्पताल भवन निर्माणका लागि सम्झौता गरिएको छ ।

‘भवन निर्माणका लागि कुल बजेट १० करोड ८३ लाख रुपैयाँ रहेको थियो,’ उनले भने, ‘घटाघटमा निर्माण कम्पनीले ६ करोड २४ लाखमा ठेक्का सम्झौता गरी निर्माण अगाडि बढाएको छ ।’

भवन निर्माणका लागि फाउन्डेसन राख्ने कार्य पूरा हुन लागेको छ । उनका अनुसार दुई वर्षभित्र भवन निर्माण सक्नुपर्ने सम्झौता छ ।सोहीअनुरूप कार्य भइरहेको छ । अस्पतालमा ठेक्का सम्झौताअनुसार पाले घर, स्वास्थ्यकर्मी बस्ने आवास, पर्खाल, शौचालय र गेट निर्माण हुनेछ ।

पालिका प्रेस
थप जानकारी