मकवानपुर थाहा नगरपालिका वडा नम्बर ६ ले सडक कालोपत्रे तथा चौडाका लागि सडकको क्षेत्राधिकार भित्र जग्गा खाली गर्न सार्वजनिक सूचना जारी गरेको छ । कुन्छाल कुलेखानी सडक खण्डको ६ नम्बर वडा क्षेत्रका लागि सार्वजनिक सूचना जारी गरिएको वडाध्यक्ष राजेन्द्रभक्त श्रेष्ठले जानकारी दिए ।

सघन सहरी तथा भवन निर्माण आयोजना चितवन मार्फत कालोपत्रे तथा चौडा गर्न लागेको सडकका लागि वडाले सहजीकरण गर्न सूचना जारी गरेको हो । आयोजनाले कुन्छाल टौखेल सडक खण्डमा कालोपत्रे गर्न लागेको बताएको छ ।

१५ मिटर सडक क्षेत्राधिकार रहेको कुन्छाल कुलेखानी सडकको ७.५०३ मीटर कालोपत्रे गर्ने आयोजनाले जनाएको छ । उक्त सडकको सम्बन्धमा गत जेठ २१ गते नै सार्वजनिक सुनुवाइ समेत गरिसकेको छ । ६ नम्बर वडाको बजार क्षेत्रका लागि १६ मिटर र बजार बाहेकका क्षेत्रका लागि १० मिटर क्षेत्र खाली गर्न अनुरोध गरेर सूचना प्रकाशन गरेको छ ।

पालिका प्रेस
थप जानकारी