कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले संघीय मामिला तथा प्रशासन मन्त्रालयमा नै काज फिर्ता गरिएको पत्रमार्फत जनाएका छन् । पत्रमा भनिएको छ, ‘तीन तहको सरकारमध्ये सबैभन्दा बढी प्रत्यक्ष रूपमा जनतासँग जोडिएको सरकारसँग सल्लाह नै नगरी कामकाजमा खटाइएको विषयमा हाम्रो गम्भीर आपत्ति रहेकोले मन्त्रालयबाट खटाइनुभएका प्रमुख प्रशासकीय अधिकृत राजीव रिमाललाई कार्यालयमा राखी कामकाजमा खटाउन असमर्थ भएकाले उहाँलाई हाजिर नगराई फिर्ता पठाइएको व्यवहोरा जानकारी गराइन्छ ।’

संघीय मामिला तथा प्रशासन मन्त्रालयले रिमाललाई भदौ ४ गते प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा खटाएको थियो । गाउँपालिकामा हाजिर गर्न नपाएपछि रिमाल सोमबार साँझै पोखरा फर्किएका छन् । कार्यालय पुग्नेबित्तिकै उनलाई पत्र हातमा हालेर थमाइएको थियो । रिमालले इन्जिनियरिङ सेवामार्फत अधिकृतमा नाम निकालेपछि पहिलोपटक कालीगण्डकीको जिम्मेवारी पाएका हुन् ।

‘युवा मान्छे एउटा जोश लिएर पालिका हाक्न सक्छु भनेर गएको थिए,’ उनले भने, ‘ममाथि अन्याय भयो । नमज्जा लाग्यो ।’ रिमाल लोकसेवा पास हुनुअघि कुश्मा नगरपालिकामा आईटी इन्जिनियरका रूपमा कार्यरत थिए ।

पालिका प्रेस
थप जानकारी