हेटौडा उपमहानगरपालिकाको सहयोगमा भलिबल प्रशिक्षक स्व. केशबालाल श्रेस्ठ स्मृति उपमेयरकप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी मंसिर १४ गतेदेखि आयोजना हुने भएको छ ।

प्रतियोगिताको छैठा सस्करणका रुपमा १४ गतेदेखि १७ सम्म आयोजना गरिने प्रतियोगिता हेटौडा–१९ नेवारपानी सहरी स्वास्थ्यकेन्द्रको खेलमैदानमा हुने जिल्ला भलिवल संघका अध्यष बसन्तकुमार सिटौलाले जानकारी दिए । संघले हेटौंडा उपमहानगरका सबै वडाका महिला तथा पुरुष भलिबल खेलाडीलाई सहभागी हुन सूचना जारी गरेको अध्यक्ष सिटौलाले बताए ।

प्रतियोगिताको बिजेता टिमले ५० हजार रुपैयाँ नगद र मेडल तथा प्रमाणपत्र पाउनेछन् भने उपबिजेताले ३० हजार रुपैयाँ तथा मेडल, प्रमाणपत्र पाउने बताइएको छ ।

पालिका प्रेस
थप जानकारी