मकवानपुरको बकैया गाउँपालिकामा भएको अन्तरपालिका फुटबल प्रतियोगितामा उपविजेता बनेको मनहरी गाउँपालिकाको फुटबल टिमलाई १ लाख प्रोत्साहन रकम दिने घोषणा गदै सम्मान गरि एको छ ।

गाउँपालिकामा अध्यक्ष रञ्जन कालाखेती, उपाध्यक्ष रेखा पुलामी, प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीलगायतले खादा, प्रमाणपत्रसहित खेलाडीहरुलाई सम्मान गरेका छन् । अन्तरपालिका फुटबल प्रतियोगितामा उपविजेतामा चित्त बुझाएको मनहरीले ५० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको थियो । उपविजेता हुँदा ५० हजार रुपैयाँ प्राप्त गरेको टिमलाई सम्मान कार्यक्रममा प्रोत्साहनस्वरुप १ लाख रुपैयाँ दिने पालिका अध्यक्ष कालाखेतीले घोषणा गरे ।

आगामी कार्यपालिका बैठकबाट प्रोत्साहन रकम अनुमोदन गरी प्रदान गरिने अध्यक्ष कालाखेतीले बताए । शनिबार बकैया गाउँपालिकामा भएको पहिलो सहिद स्मृति अन्तरपालिका फुटबल प्रतियोगिताको फाइनल खेलमा बागमती गाउँपालिकासँग टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित भई मनहरी उपविजेता बनेको थियो ।

पालिका प्रेस
थप जानकारी