मकवानपुर थाहा नगरपालिकाका विद्यालयका स्वास्थ्य शिक्षकलाई स्वास्थ्य तथा पोषण सेवाहरु सम्बन्धि दुईदिने तालिम दिइएको छ । विद्यालयबाट प्रदान गरिने स्वास्थ्य तथा पोषण सम्बन्धी ज्ञान प्रदान गर्न स्वास्थ्य शिक्षकहरुलाई ६ र ७ पौषमा पालिकाको सभाहलमा तालिम दिइएको हो । विद्यालयबाटै स्वास्थ्य र पोषण सम्बन्धी व्यवहार परिवर्तनका सन्देशहरु दिन र विद्यालय मार्फत आधारभूत सेवाहरु प्रदान गर्न सहयोगी समुहमा सहजकर्ताको रुपमा कार्य गर्न सक्षम बनाउने उद्देश्यले तालिम दियएको थाहा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए ।

थाहा नगरका २० वटा विद्यालयका शिक्षकहरुको सहभागीता रहेको कार्यक्रमको कार्यक्रमका सहभागीहरुलाई स्वास्थ्य कार्यालय मकवानपुरका पोषणको फोकल पर्सन जन स्वास्थ्य निरीक्षक बासुदेव रिमाल र थाहा नगरका चन्द्रदिप भुजेलले सहजीकरण गरेका थिए । सो अवसरमा २० विद्यालयका स्वास्थ्य शिक्षकसहित शिक्षा शाखा प्रमुख माधवविक्रम मल्लको समेत सहभागिता रहेको थियो ।

नेपालमा स्वास्थ्य तथा पोषण सम्बन्धि सुचकहरुमा सुधार भइरहेको भएता पनि अझैपनि महिला, बालबालिका तथा किशोरकिशोरीहरुमा कुपोषणलगायतका स्वास्थ्य समस्याहरु जनस्वास्थ्य समस्याका रुपमा विद्यमान रहेकोले विद्यालयस्तरबाटै कार्यक्रमलाई थप बढवा दिइएको शाखा प्रमुख बलामीले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी