मकवानपुर थाहा नगरपालिकामा नगरस्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता तथा छैठौं मेयरकप भलिबल प्रतियोगिता शुरु भएको छ । इन्द्रायण्ीचौरमा शुरु भएको प्रतियोगिताको नगर प्रमुख विष्णु बहादुर विष्टले एक समारोहकाबीच उद्द्धाटन गरेका छन् । प्रतियोगिताको पहिलो दिन भएको विभिन्न प्रतियोगितामा टिष्टुङको वागेश्वरी मावि ६ स्वर्ण सहित अग्र स्थानमा रहेको छ । ४ स्वर्णसहित जनकल्याण मावि दोस्रो र २ स्वर्ण सहित नाट्यश्वर मावि टौखेल तेस्रो स्थानमा रहेका छन ।
८ पुरमा भएको १५ सय मिटर छात्र दौड तर्फ बागेश्वरी माबीले स्वर्ण, झम्केश्वरी माविले रजत तथा बागेश्वरीले नै कास्य पदक हात पार्दा १५ सय मिटर छात्रा तर्फ जनकल्याण स्वर्ण, झम्केश्वरी रजत तथा झम्केश्वरीले नै कास्य पदक हात पार्न सफल भएको छ । सटफुट छात्रा तर्फ बागेश्वरीले स्वर्ण सुनौलाले रजत र कास्य पदक जितेकाछन भने सटफुट छात्र तर्फ जनकल्याणले स्वर्ण र रजत तथा झम्केश्वरीले कास्य पदक प्राप्त गरेका छन । ज्याभलिङ थ्रो छात्रतर्फ बागेश्वरी माविले स्वर्ण जित्दा झम्केश्वरीले रजत र जनकल्याणले कास्य हातपारेको छ । ज्याबलिङ थ्रो छात्रातर्फ मत्स्यनारायण माविले स्वर्ण र रजत तथा बागेश्वरीले कास्य पदक जितेको छ । त्रिपल जम्प छात्र तर्फ बागेश्वरीले स्वर्ण, जनकल्याणले रजत तथा झम्केश्वरीले कास्य जित्दा रिले १००×४ छात्र तर्फ बागेश्वरी स्वर्ण, झम्केश्वरी रजत तथा सुनौलाले कास्य जित्दा छात्रा तर्फ जनकल्याणले स्वर्ण, झम्केश्वरीले रजत र सुनौलाले कास्य जितेको छ ।
मार्चपासतर्फ नाट्यश्वर प्रथम जनकल्याण दोस्रो र पालुङ भ्याली तेस्रो भयो भने ८ सय मिटर छात्र दौडमा नाट्यश्वरले स्वर्ण, जनकल्याण रजत र कास्य प्राप्त गर्न सफल भएका छन् । ८ सय मिटर छात्रातर्फ जनकल्याणले स्वर्ण र रजत हातपार्दा बागेश्वरीले कास्यपदक जित्न सफल भएको छ भने लङगजम्प छात्रतर्फ बागेश्वरीले स्वर्ण, इअन बोर्डिङले रजत तथा जनकल्याणले कास्य पदक हात पारेको छ ।

थाहा नगरपालिका शिक्षा शाखाको व्यवस्थापनमा भैरहेको प्रतियोगिताको उद्घाटन कार्यक्रमका अवसरमा उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी तथा नगर प्रमुख बिष्टलेले खेलकुद क्षेत्रको विकासका लागि थाहा नगरपालिकाको बजेट कम भएको महशुस गरेकोले बजेट व्यवस्थापन गरी खेलकुदमा लगानी बढाउनुपर्ने बताए । खेलकुदको माध्यमबाट थाहानगरको पहिचान गराउन खेलाडीहरूले खुलेर प्रतिस्पर्धा गर्नुपर्ने र आफ्नो छुट्टै पहिचान देखाउनु पर्ने उनले बताए । खेलकुदको माध्यमबाट पहिचान गराउन उत्कृष्ट खेलाडीलाई छनोट गर्नुपर्ने नगर प्रमुख विष्टको भनाइ छ । यसका लागि नगरपालिकाले बजेट बिनियोजनमा ध्यान दिन नसकेको स्वीकार्दै सीमित बजेटको बाबजुद पनि प्रतियोगिता संचालन र व्यबस्थापन गर्ने शाखालाई धन्यवाद व्यक्त गर्दै खेलकुदको लागि बजेट वृद्धि गरी खेलमा विद्यार्थीहरुको लगावलाई तान्नुपर्ने आबश्यकता रहेको उल्लेख गरे ।

थाहानगर खेलकुद विकास समितिका संयोजक टिकाराम स्याङ्तानको अध्यक्षतामा भएको उद्घाटन समारोहमा सहभागी अतिथीहरुलाई आयोजकका समितिका सदस्य सचिव हरिकृष्ण कार्कीले स्वागत गरेका थिए । कार्यक्रममा थाहानगर उपप्रमुख भरत गोपाली नेपाली काग्रेस नगर सभापति प्रमोदकृष्ण जोशी, नेकपा माओवादी थाहाका अध्यक्ष बिनोद कुमार लामा, वडा नम्बर ४ का अध्यक्ष नारायण लामा, वडा नम्बर ७ का अध्यक्ष शिवराज थिङ थाहानगर शिक्षा समिति सदस्य उर्मिला गोपाली, हरिकृष्ण कार्की, सुरेन्द्रमान प्रधान, अर्जुन सुनार, राजाराम कार्की, प्रतियोगिता आयोजक समिती सदस्यहरु यादव जंग रायमाझी, मानसिं दोङ, थाहानगर भलिबल महासंघ अध्यक्ष वसन्त गोपालीलगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, सहभागी विद्यालयका प्रधानाध्यापक, खेलाडी, खेल शिक्षक तथा विद्यार्थीहरुको उपस्तिथि रहेको थियो ।थाहा नगरपालिका भित्रका १४ वटा माध्यमिक विद्यालयको सहभागीता रहेको प्रतियोगितामा कराते, एथलेटिक्स, कबड्डी, भलिबल छात्रछात्रा लगायतका विधा रहेका छन।
पुस ९ बिहान ८ बजेदेखी भलिबल र ३ हजार मिटर दौड र अन्य खेल बिहान ९ बजेदेखी सुरु हुने आयोजकले जनाएको छ ।















































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्