धादिङको बेनिघाट रोराङ गाउँपालिकामा सञ्चालित ‘पूर्ण सरसफाइ’ सम्बन्धी तालिम सकिएकोे छ । बेनिघाट रोराङ गाउँपालिकाको आर्थिक सहयोग तथा बेनिघाट रोराङ ग्रामीण खानेपानी व्यवस्थापन बोर्डको आयोजनामा सञ्चालित तालिम २ दिने तालिम १५ पुसमा समापन भएको हो ।

तालिममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, सबै वडाका वडा अध्यक्षहरु, खानेपानी बोर्डका कार्यकारी समितिका पदाधिकारीहरु, गाउँपालिका इन्जिनियर, स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्य संस्थाका प्रमुख र खानेपानी ब्यबस्थापन बोर्डको कर्मचारीको सहभागिता थियो । खानेपानी, सरसफाइ र स्वच्छताको क्षेत्रमा सरोकारवालाहरु तथा सम्बन्धित कर्मचारीहरुको क्षमता विकास गराई पूर्ण सरसफाइ सम्बन्धि कार्यक्रमहरु संचालन गर्नको लागि आवश्यक ज्ञान, सिप प्रदान गरि गाउँपालिकाले वास क्षेत्रमा राखेको लक्ष्य प्राप्तिमा सघाउ पु¥याउने हेतुले तालिमको आयोजना गरिएको बेनिघाट रोराङ ग्रामीण खानेपानी ब्यबस्थापन बोर्डको कार्यकारी निर्देशक अर्चिता उप्रेती श्रेष्ठले बताउनुभयो ।

 गाउँपालिकामा वास योजना तर्जुमा भएको तर कुन सुचकबाट काम सुरु गर्ने भन्ने अन्यौलतालाई हटाउन साथै सफा र स्वच्छ क्षेत्र घोषणाको सुचकहरुलाई प्राथमिकीकरण गरेर योजना बनाई कार्य अगाडी बढाउन २ दिने तालिमले सघाउ पुर्याएको उप्रेतीले बताउनुभयो । तालिमको समापनमा बेनिघाट रोराङ गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख ब्रजेज तामाङले सफा र स्वच्छ क्षेत्र घोषणाका सूचकहरू पुरा गरेर गाउँपालिकालाई पूर्ण सरसफाई उन्मुख क्षेत्र घोषणा गर्न सकिएमा समग्र वालावालिकाको पोषण अवस्थामा सुधार ल्याउन सकिने बताउनु हुदै वडा स्तरमा भएको वास समन्वय समितिलाई सक्रिय रुपमा अगाडी बढाउदै टोल स्तरमा वास कमिटि गठन तथा अभिमुखीकरण गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

बेनिघाट रोराङ गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष राजु बहादुर मगरले गाउँपालिकालाई खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा उत्कृष्ट बनाउनुपर्ने बताउनुभयो । बेनिघाट रोराङको ग्रामीण भेगका समुदाय गाउँ टोलमा पूर्ण सरसफाइका कार्यक्रमलाई तिब्र रुपमा बढावा दिनुपर्ने उहाँको भनाइ थियो । तालिममा सिकेका कुराहरुलाई ब्यबहारमा लागु गर्दै स्वच्छ र सफा समुदाय बनाउनका लागि हामीले मानिसको व्यवहार परिवर्तन गराउन नितान्त आवश्यक छ र हामीले बनाएका कार्ययोजनालाई तत्काल समुदायमा केन्द्रित रही संचालन गर्न आवश्यक छ जस्को लागि सबै सरोकारवालाहरु लागिपर्नुपर्ने कुरामा जोड दिनुभएको छ । २७ जनाको सहभागितामा संचालित तालिमको पहिलो र दोस्रो दिन पूर्ण सरसफाइको परिचय, वासको अवस्था र योजनाहरु, सरसफाइ सेवा श्रीङखला, व्यक्तिगत स्वच्छता,पानी गुणस्तर तथा घरेलु उपचार प्रणाली, खाद्यसुरक्षा, घरेलुस्तरको सरसफाइ, बातावारणीय सरसफाइ लगायत बिषयमा छलफल भएको थियो ।

तालिम समापन कार्यक्रममा बेनिघाट रोराङ गाउँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले सहभागीहरुलाई तालिमका क्रममा बनाईएको कार्ययोजना ठुलो उपलब्धि भएको र दिगो बिकासको सबै लक्ष्य पुरा गर्नको लागि पहिले व्यक्ति स्वयम् स्वस्थ हुनुपर्यो जसको लागि खानेपानी, सरसफाइ र स्वच्छताले महत्वपूर्ण भूमिका खेल्दछ यसमा हर तवरले स्वस्थ, सफा, सुन्दर र समद्ध गाउँपालिका बनाउने र सिकेका कुराहरुलाई कार्यन्वयनमा उतार्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

गाउँपालिकाको वास योजनालाई प्राथमिकताका साथ अगाडी बढाउने र हरेक नागरिकमा खानेपानी, सरसफाइ तथा स्वच्छतामा पहुँच पुर्याउन गाउँपालिका तथा खानेपानी बोर्ड हर तवरले अगाडी बढिरहेको बताउनुभयो िपालिका स्तरीय वास ब्यबस्थापन समिति गठन र त्यसको सक्रिय परिचालन गर्नमा २ दिने तालिमले धेरै नै सघाउ पुर्याएको बेनिघाट रोराङ गाउँपालिका तथा बेनिघाट रोराङ ग्रामीण खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष कृष्ण बहादुर थपलिया (बिबेक)ले बताउनु भयो ।