देउखुरीको राप्ती गाउँपालिकाको अत्याधुनिक नयाँ प्रशासनीक भवन निमार्ण कार्य सम्पन्न भएको छ । आर्थिक वर्ष २०७६/०७७ मा नव सिर्जनशील कौशल बस्नेत स्लेट जेभी काठमाण्डौं सँग सम्झौता गरी २०७८/०७९ मा भवनको निमार्ण कार्य सम्पन्न भएको हो ।

संघिय सरकारको साढे २ करोड र पालिकाको ६ करोड गरी कुल साढे ८ करोड लगानीमा ४ तल्ले प्रशासनिक भवन निमाणर् भएको हो । ४१ कोठा, २ वटा हल सहित ३ वटै तलामा महिला, पुरुष र अपाङमैत्री शौचालय तथा लिप्ट निमार्ण गरिएको इन्जीनियर अशोक बेल्वासेले जानकारी दिएका छन् ।

यसै बीच प्रशासनिक भवनको बुधबार हिन्दु संस्कार अनुसार पण्डितहरु महेश खनाल र उमानन्द भट्टराईद्धारा पुजापाठ गराई गृह प्रवेश गरिएको छ । गृह प्रवेश सँगै बिहिवार देखि नयाँ भवनबाट सेवा दिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले जानकारी दिएका छन् ।

यस अघि सानो भवनबाट सेवा प्रवाह गर्दा कर्मचारी र सेवाग्राहीहरुलाई सेवा लिन अप्ठ्यारो हुने गरेको थियो । साँघुरा कोठा र एउटा कोठामा २ वटा सम्म शाखा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको थियो । नयाँ भवन निमाणर् सँगै सेवा सुभारम्भ भएको भन्दै राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी र उपाध्यक्ष जगदम्बाकुमारी चौधरीले शुभकामना दिदै नयाँ भवनबाट सेवा लिन सेवाग्राहीहरुलाई आग्रह गरेका छन् ।
गृह प्रवेश कार्यक्रममा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल, शाखागत कर्मचारी र पत्रकारहरुको समेत सहभागिता रहेको थियो ।

           

     

पालिका प्रेस
थप जानकारी