मकवानपुरको बागमती गाउँपालिकामा हुने छैठौं संस्करणको बागमती गोल्डकप आगामी फाल्गुन १ गतेदेखी सुरु हुने भएको छ । ८ माघमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक बागमती खेलकुद विकास समितीले प्रतियोगिताबारे जानकारी गराएको हो ।

प्रतियोगितामा ६ वटा ए डिभिजन क्लब, ३ मोफसल र एक विदेशी टोलिको सहभागी रहने पालिकाका खेलकुद विकास समितीका अध्यक्ष टिकालाल श्रेष्ठले जानकारी दिए । यस संस्करणको प्रतियोगितामा ६९ लाख ६० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको अध्यक्ष श्रेष्ठले बताए । गत संस्करण ए डिभिजन क्लब संकटालाई हराउँदै विदेशी टोली एफसी भुटनिज स्पोर्ट क्लबले जितेको थियो । यो संस्करणमा भुटनिज भने सहभागी नहुने जनाएको छ । फाल्गुन १० गते सम्पन्न हुने प्रतियोगिताको विजेता टिमले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । यो पुरस्कार राशी मकवानपुरकै पालिकाहरुले आयोजना गर्ने प्रतियोगिताहरु मध्ये सर्वाधिक राशीको पुरस्कार हो ।

पत्रकार सम्मेलनमा बोल्नुहुँदै पालिकाका अध्यक्ष सर्केश घलान स्थानीय तहले खेलाडी उत्पादन गर्न लगानी गरेको बताए । पालिकाले बाहिर भएको प्रतिभालाई पनि प्रदर्शन गर्न राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरेको बताए । पालिकाले अहिले खेलाडी उत्पादनका लागि सबै वडामा खेल मैदान निर्माण गरेको समेत बताए । पालिकामा राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने चरणमा रहेको बताउन्दै उनले युवाहरुले खेलेरै जिविकोपार्जन गर्न सकिने वातावरण बन्ने बताए । यसका लागि सरकार मात्रै लागेर सम्भव नहुने बताउँदे उनले सबै अभिभावक र खेलाडीको पनि भुमिका रहने प्रतिक्रिया दिए । पालिकाले खेलाडीहरुलाई व्यवस्थित रुपमा प्रशिक्षणको वातावरण तयार गर्ने गरि तयारी गरिरहेको पनि उनको भनाइ थियो ।

पत्रकार सम्मेलनमा मकवानपुर जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष अरु बल, वडा नम्बर ३ का अध्यक्ष कमानसिं पाख्रीन, ४ का वडाध्यक्ष दन्तलाल माझी, पालिकाका प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलान र पालिका खेलकुद विकास समितीका उपाध्यक्ष मुक्ति लामा लगायतको आतिथ्यता पत्रकार सम्मेलन भएको थियो ।

पालिका प्रेस
थप जानकारी