थाहा नगर खेलकुद विकास समितिको आयोजना तथा ९ नम्बर वडास्तरीय खेलकुद विकास समितिको व्यवस्थापनमा १० माघबाट थाहा नगरपालिका वडास्तरीय फुटबल प्रतियोगिता शुरु हुँदैछ ।

प्रतियोगिता थाहा नगरपालिका वडा नम्वर ९ स्थित चित्लाङमा सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा थाहा नगरपालिकामा रहेको १२ वटै वडाले सहभागिता जनाएको थाहा नगर खेलकुद विकास समितिका सदस्य राजकुमार बलामीले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन खेल वडा नम्वर ६ विरुद्ध वडा नम्वर ३ बिच हुनेछ । यसैगरी बुधबार वडा नम्वर १ विरुद्ध वडा नम्वर २ बिच खेल हुने आयोजकले जनाएको छ । माघ १३ गते सम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम, द्वितीय हुनेले क्रमश स् नगद १ लाख र ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने बलामीले जानकारी दिए । प्रतियोगितामा विधागत उत्कृष्ट खेलाडीलाई आयोजकले पुरस्कारको व्यवस्था मिलाइएको छ ।

गतवर्ष भएको वडा स्तरीय प्रतियोगिताको उपाधी वडा नम्वर ९ ले जित्न सफल भएको थियो । बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता र नेपाली कांग्रेस मकवानपुरका नेता जयराम लामिछानेको विशिष्ठ अतिथिमा प्रतियोगिताको उद्घाटन हुने आयोजकले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी