मकवानपुर थाहानगरको चित्लाङमा जारी पालिकास्तरीय अन्तर वडा फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । १२ माघमाबाट शुरु हुने सेमिफाइनल प्रतियोगितामा वडा नम्बर १, ३, ७ र ११ प्रवेश गरेका हुन् ।

सेमिफाइनल अन्तरगत १२ माघमा हुने पहिलो खेल वडा नम्बर ३ र ७ बीच र दोस्रो खेल वडा नम्बर १ र ११ का बिच हुने खेलकुद विकास समिति थाहा ९ चितलाङका अध्यक्ष अमर सिंह ठकुरीले बताए । १३ माघसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १ लाख र दोश्रो हुने टिमलाई नगद ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने रायमाझीले जानकारी दिए । प्रतियोगितामा विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था भएको आयोजकले जनाएको छ ।

थाहा नगरपालिका वडा स्तरीय फुटबल प्रतियोगिताको क्वाटरफाईनल चरणको खेल सकिएको छ । १३ माघमै सेमिफाइनल चरणको खेल हुने खेलकुद बिकास समिति थाहा ९ चित्लाङका अध्यक्ष अमर सिंह ठकुरीले बताए । थाहा नगर खेलकुद विकास समितिको आयोजना तथा वडा नम्बर ९ खेलकुद विकास समितिको व्यवस्थापनमा बुधबारदेखि सुरु भएको थाहा नगरपालिका वडास्तरीय फुटबल प्रतियोगितामा बिहिबार भएको क्वाटर फाईनल चरणको पहिलो खेल वडा नम्बर ८ र ११ बिच भएको थियो ।

यस खेलमा वडा नम्वर ११ ले वडा नम्बर ८ लाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाईनलमा प्रबेश गरेको थियो । यस खेलको म्यान अफ द म्याच वडा नम्बर ११ का रोशन बल भएका थिए ।

त्यस्तै क्वाटर फाईनल चरणको दोस्रो खेलमा वडा नम्बर ७ ले वडा नम्बर १२ लाई ५–१ गोल अन्तरले पराजित गरि सेमिफाइनलमा प्रबेश गरेको छ । यस खेलको म्यान अफ द म्याच वडा नम्बर ७ का शुभराज गोले भएका थिए । उनले उक्त खेलमा ३ गोल गरेका थिए । क्वाटरफाईनल चरणकै तेस्रो खेलमा वडा नम्बर १ ले वडा नम्बर ४ लाई १(० गोल अन्तरले पराजित गरि सेमिफाइनलमा प्रबेश गरेको छ । यस खेलको म्यान अफ द म्याच वडा नम्बर १ का मनिष अमात्य भएका थिए ।

पालिका प्रेस
थप जानकारी