मकवानपुर थाहा नगरपालिका–१ घर भएकी दिना गोपालीले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा दुई स्वर्ण उपाधि पाएकी छिन् ।

१३ माघबाट हेटौंडामा शुरु भएको १४ औँ संस्करणको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गोपालीले महिला १०० मिटर दौड र लङ जम्पमा स्वर्ण पदक हात पारेकी हुन् ।

थाहा नगरपालिका–६ स्थित इअन एकेडेमी कक्षा आठमा अध्ययनरत छात्रा गोपालीले गतवर्ष भएको बागमती प्रदेशस्तरीय महिलातर्फको १०० मिटर र २०० मिटर दौड प्रतियोगितामा स्वर्ण पदक जितेकी थिइन् भने १३ औँ संस्करणको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १०० मिटर र २०० मिटरमा पनि स्वर्ण जितेकी थिइन् ।

पालिका प्रेस
थप जानकारी