सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण रोकिएको लोकसेवा आयोगको शाखा अधिकृतको लिखित परीक्षा तत्काल शुरु नहुने भएको छ।

सर्वोच्च अदालतको पूर्ण इजलासले गत माघ १२ गते कर्मचारी समायोजन र शाखा अधिकृतको दरबन्दी संख्यासम्बन्धी विवाद टुंगाए पनि आयोगले परीक्षा शुरु गर्न नसकिने निष्कर्ष निकालेको हो ।

आयोगका एक पदाधिकारीका अनुसार, आयोगलाई विपक्षी बनाइएका करिव ३५ वटा मुद्दामध्ये २५ वटा मुद्दा सर्वोच्च अदालतको पूर्ण इजलासबाट टुंगिएपनि अरु केही मुद्दा बाँकी छन् ।

पछिल्लो पटक कोरोना महामारीको तेस्रो लहरका कारण सर्वोच्च अदालतले सेवा कटौती गरेर केही सीमित प्रकृतिका मुद्दामा मात्रै सुनुवाई गरिरहेको छ । सर्वोच्च अदालतमै विचाराधीन अरु मुद्दा नटुंगिएको भन्दै लोकसेवा आयोगले गतवर्ष नै प्रारम्भिक परीक्षा लिएको शाखा अधिकृतको दोस्रो चरणको परीक्षा शुरु गर्न नसक्ने निष्कर्ष निकालेको हो ।

पालिका प्रेस
थप जानकारी