हेटौंडा उपमहानगरपालिका ८ नम्बर वडा कार्यालयको आयोजना भएको १५ दिने निःशुल्क मन्टेश्वरी तालिमको दिइएको छ । हेटौंडा लिंकेज टेक्निकल एकेडेमीको प्राविधिक सहयोगमा १५ दिनमा ९० घण्टे मन्टेश्वरी तालिमको १९ फागुनमा समापन गरिएको छ । तालिममा वडाका २५ जना महिलाहरूको तालिममा सहभागिता रहेको थियो ।

‘विद्यालयमा मन्टेश्वरीको माग उच्च रहेको र नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा मन्टेश्वरी कक्षाको लागि दक्ष जनशक्ति आवश्यकता पर्ने हुन्छ ।’ हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ का वडाध्यक्ष राम थापाले भने –‘हेटौंडा ८ नम्वर वडाको वार्षिक कार्ययोजना अनुसार नै शिक्षालाई जोड दिने उद्देश्यले तालिम दिइएको हो । ’ तालिम प्राप्त भएपश्चात विद्यालयमै रोजगार सिर्जना गर्ने उद्देश्यले मन्टेश्वरी तालिम सञ्चालन गरेको उनले बताए ।

तालिममा मुख्य प्रशिक्षक धरानका प्रिजा राई र सहायक प्रशिक्षकमा हेटौंडाका स्वस्तिका थापा मगरले तालिमको सहजीकरण गरेकी थिइन् ।

पालिका प्रेस
थप जानकारी