संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतहरूलाई मनसुन अवधिभर स्थानीय तह नछाड्न निर्देशन दिएको छ । महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा परिपत्र गर्दै मन्त्रालयले गृह मन्त्रालयको पत्रअनुसार  वर्षायाममा कार्यक्षेत्रबाट बाहिर नजान निर्देशन दिएको हो ।वर्षातको समयमा फैलिन सक्ने महामारी तथा मनसुनजन्य विपद् व्यवस्थापनलाई मध्यनजर गरी मनसुन अवधिभर प्रमुख जिल्ला अधिकारीको अनुमतिबिना प्रमुख प्रशासकीय अधिकृतहरूले स्थानीय तह नछोड्ने व्यवस्थाका लागि गृह मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको थियो ।

गृहसचिव एकनारायण अर्यालले २१ असारमा लेखेको पत्रसहित संघीय मामिला मन्त्रालयका सचिव मुकुन्दप्रपाद निरौलाले सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूलाई यस्तो निर्देशन दिएका हुन् । स्थानीय तहमा आइपर्न सक्ने विपद् व्यवस्थापन र पूर्वतयारीको काममा जुट्नुपर्ने भएकाले यो समयमा कार्यक्षेत्र नछाड्न निर्देशन दिइएको हो ।

 

 

पालिका प्रेस
थप जानकारी