मकवानपुरको हेटौंडा उपमहानगरपालिकालाई सूचना उपलब्ध गराउन राष्ट्रिय सूचना आयोगले आदेश दिएको छ ।

२४ माघमा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङको संयोजकत्वमा बसेको बैठकले सूचना माग गरिएको पत्रको आधारमा हेटौंडा उपमहानगरसंग लिखित जवाफ माग गर्ने निर्णय भएको सूचना आयुक्त कमला ओली थापाले जानकारी दिइन् । सूचना उपलब्ध नगराएको भन्दै २० माघमा पुनरावेदक दुर्गा आचार्यले हेटौंडा उपमहानगरपालिकालाई विपक्षी बनाई आयोगमा पुनरावेदन गरेकी थिइन् । उपमहानगरलाई ७ दिन भित्र लिखित जवाफ पेश गर्न आदेश भएको हो ।

बैठकमा सूचना आयुक्त कमला ओली थापा र रत्नप्रसाद मैनाली सहभागी थिए ।

हेटौंडासहित ४३ सरकारी कार्यालय विरुद्ध परेको पुनरावेदन माथि आयोगले २४ माघमै आदेश दिएको छ ।

पालिका प्रेस
थप जानकारी