सरकारले डिजिटलमार्फत नापनक्सा तथा जग्गा प्रशासनसम्बन्धी सेवा प्रवाह निर्देशिका‚ २०७८ स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले डिजिटल माध्यमबाट नापनक्सा तथा जग्गा प्रशासनसम्बन्धी सेवा प्रवाह गर्नका लागि उक्त निर्देशिका स्वीकृत गरेको हो ।

२५ माघमा मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउने क्रममा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली‚ २०७८ समेत स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए ।

बैठकले नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना स्वीकृत गर्ने‚ राष्ट्रिय प्रसारण (एघारौं संशोधन) नियमावली‚ २०७८ स्वीकृत गर्ने‚ बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि‚ १९८९ को छैटौं आवधिक प्रतिवेदन स्वीकृत गरी राष्ट्र संघमा पेश गर्ने अनुमति प्रदान गर्ने लगायत निर्णय गरेको छ ।

सिंगापुर‚ इटालीको रोम र रोमानियाको बुखारेस्टमा कार्यरत अवैतनिक नेपाली महावाणिज्य दूतहरूको पदावधि थप गर्ने निर्णयसमेत बैठकले गरेको प्रवक्ता कार्कीले बताए ।

पालिका प्रेस
थप जानकारी