फोटो सौजन्यः आश बहादुर लामा

हेटौंडा-काठमाडौं आउजाउ गर्ने छोटो दूरीको सबै मार्ग संचालनमा आएको छ । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका-२, सिमखोलामा बाटोको मर्मत तथा हिम पाइप हाल्नका लागि ३ दिनदेखि एकतर्फी रुपमा संचालनमा रहेको बाटो आइतबार सांझबाट पूर्णरुपमा खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बाटो मर्मत भएसँगै अब सहजरूपमा सवारी आउजाउ हुनेछ । यस बाटो मर्मत हुँदा वैकल्पिक बाटोका रूपमा हेटौंडा-भैंसे पालुङ हुँदै काठमाडौं र कान्ति लोकपथको हेटौंडा-ठिंगन हुँदै काठमाडौं रुट प्रयोग गरिँदै आएको थियो ।

असोज ११ र १२ गतेको अविरल वर्षातले कुलेखानीको ड्याम भरिएपछि ढोका खोल्ने क्रममा सिमखोलाको पुलमा असर गरेको थियो । दसैंका लागि वैकल्पिक बाटो बनाएर यस रुटलाई सञ्चालन गरिँदै आएको थियो ।

पालिका प्रेस
थप जानकारी