थाहा नगरपालिकामा २९ कार्तिकबाट सुरु भएको सातौं राष्ट्रपति रनिङ शिल्ड छानौंट प्रतियोगिता अन्तर्गत एथलेटिक्स अन्तर्गतका ५ खेल सम्पन्न भएका छन् । छात्र छात्रा सटफुट, ८०० मीटर छात्रछात्रा दौड, ४०० मीटर रिले दौड सकिएका हुन् ।
प्रतियोगिताको दोस्रो दिन ३० कार्तिकमा छात्रछात्रा तर्फकै ज्याब्लिङ्ग थ्रो, १६०० मीटर रिले दौड, १०० मीटर दौड शुरुमा हुनेछन् । यसक्रममै कबड्डी र मेयर कप अभिबल प्रतियोगिताहरु पनि सञ्चालन हुने थाहा नगरपालिका शिक्षा शाखाले जनाएको छ ।
त्यसैगरी ३० कार्तिककै खेल तालिकामा छात्रछात्रा तर्फकै ३ हजा, १ सय ४ सय, र २ सय मीटर दौड हुनेछन् । छात्रछात्रा लङजम्प र त्रिपलजम्प खेल पनि ३० कार्तिककै खेल तालिकामा छ ।
यो पनि पढ्नुहोस्ः
थाहानगरमा सातौं राष्ट्रपति रनिङ शिल्ड र मेयरकप भलिबल प्रतियोगिता शुरु
प्रतियोगिताको अन्तिम दिन १ मंसिरमा भने १५ सय मीटर दौड र हाइजम्प प्रतियोगिता हुनेछ भने पुरस्कार वितरण पनि १ मंसिरमै हुनेछ ।
थाहा नगरका ६ संस्थागतसहित १७ वटा माविका कक्षा १२ सम्मका १८ वर्ष ननाघेका विद्यार्थीहरुले प्रतियोगितामा सहभागीता जनाएका छन् । राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा प्रथम हुने विद्यालयले नगद २५ हजार शिल्ड मेडल र प्रमाणपत्र, द्वितीय हुने विद्यालयले नगद १५ हजार शिल्ड मेडल र प्रमाणपत्र, तृतीय हुने विद्यालयले नगद १० हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यो पनि पढ्नुहोस्ः
थाहानगरमा राष्ट्रपति रनिङ शिल्ड खेलकुदः जनकल्याण मावि ५ स्वर्णसहित अग्र स्थानमा
त्यस्तै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामै अंक जोडिने गरी संचालन भएको मेयरकप भलिबल प्रतियोगिताको छात्र र छात्रातर्फ हुने प्रतियोगितामा प्रथम हुने विद्यालयले नगद १५ हजार शिल्ड मेडल र प्रमाणपत्र, द्वितीय हुने विद्यालयले नगद १० हजार शिल्ड मेडल र प्रमाणपत्र, तृतीय हुने विद्यालयले नगद ५ हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । मेयर कप भलिबल प्रतियोगिता अन्र्तगत मार्चपास तथा भलिबल प्रतियोगिताको अकं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा जोडि समग्र प्रतियोगिताको विजेता घोषणा गरिनेछ ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्