हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामाले महेन्द्र राजमार्गको मकवानपुर सडक खण्डलाई २५ मिटर बढाउने कार्यलाई मध्यनजर गर्दै समग्र हेटौंडाको विकासमा जोड दिइरहेको बताएकी छिन् । छिमेकी जिल्लामा अवस्थित सडक खण्डमा काम भएता पनि मकवानपुरमा रहेको मुल सडकको दयाँबायाँ २५ मिटर बढाएर फराकिलो बनाउने काम सुरु हुन नसक्नुमा प्रदेश र संघीय सरकारको बेवास्ता र राजनीतिक पहुँचको आवस्यकता खड्किएको उल्लेख गरिन् । तामाङ पत्रकार संघ बागमती प्रदेशको दोश्रो अधिवेशनको उद्घाटन गर्दै प्रमुख लामाले यस्तो बताएकी हुन् ।

त्यस्तै अबको दिनमा २५ मिटर भित्र पर्ने घरजग्गाको कर्जा दिने, घरबार बिहिन हुनेलाई घरको र जग्गाजमिन बिहिन हुनेलाई जग्गाक्क व्यवस्था गरेर सडक फराकिलो बनाउने कार्यमा जुट्ने लामाको भनाइ थियो । जिल्ला समन्वय समितिको सभाहलमा भएको तामाङ पत्रकार संघ बागमती प्रदेशको दोश्रो अधिवेशनको उद्घाटन सत्रमा हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामाको प्रमुख आतिथ्यता रहेको छ । तामाङ पत्रकार संघ बागमती प्रदेशका अध्यक्ष अर्जुन पाख्रीन तामाङको अध्यक्षतामा भएको थियो । कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाको विशिष्ट आतिथ्यता र तामाङ पत्रकार संघ संघीय समितिका उपाध्यक्ष नेत्र तामाङको विशेष आतिथ्यता रहेको छ ।

तामाङ पत्रकार संघ बागमती प्रदेशको दोश्रो अधिवेशनबाट ज्ञानेन्द्र थोकर तामाङ (चितवन)को अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा जगतमान तामाङ (काभ्रे), सचिवमा दिल बहादुर तामाङ (मकवानपुर), सह–सचिवमा मायालु लामा (काठमाडौ), कोषाध्यक्षमा पेमा लामा दोङ (दोलाखा), सदस्यहरुमा श्यामलाल लामा (काठमाडौ), फुर्वा तामाङ (दोलाखा), नवराज वाईबा (मकवानपुर), बबिलाल तामाङ (चितवन) र विकास वाईवा (काभ्रे)छन् ।

पालिका प्रेस
थप जानकारी