
इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीका अनुसार असोज १० देखि १२ गतेसम्म आएको भीषण बाढीका कारण पालिकाको वडा नम्बर २ र ३ का सडक ध्वस्त भएका छन् । २५ स्थानभन्दा बढीमा पहिरोले क्षति पु–याएको छ ।
उहाँले भन्नुभयो, “कुलेखानी जलविद्युत् आयोजनाले असोज १२ गते इन्द्रसरोवरको ड्यामको पानी एकै पटक छोडेपछि सडकसँगै गाउँको चित्रै बदलियो । तहसनहस भएको हो । अहिले प्रदेश मन्त्रालयले काम गर्ने भन्ने सुनेको छु । हामी दबाब दिइरहेका छौँ ।”
बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता एवं वरिष्ठ डिभिजनल इन्जिनियर भूपेन्द्रकुमार यादवले काठमाडौँ र मकवानपुर खण्डको काम भइरहेको भए पनि मकवानपुर खण्ड असोजको बाढीले बगाएको भागमा पहिरो हटाउनेबाहेक कार्य प्रगति नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “२० करोड रुपियाँ जति बजेटले इन्द्रसरोवरमा असोजको बाढीले क्षति पु¥याएको सडक मर्मत हुने अनुमान गरिएको छ । चाँडै काम अघि बढाउने योजनामै मन्त्रालय छ ।”
प्रतिक्रिया दिनुहोस्