शाखा अधिकृत यादवप्रसाद सापकोटामाथि दुर्व्यहार भएको छ । रसुवाको कालिका गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत रहेका उनी त्यहाँबाट सरुवा भएर राजधानी फर्कने क्रममा उनीमाथि दुर्व्यवहार भएको हो ।

गत बर्ष पुस ९ गतदेखि सो कार्यालयमा पुगेका सापकोटा संघीय मामिला तथा सामान्य प्रशासनको पत्र अनुसार गत २४ माघमा सरुवा भएका थिए । शुक्रवार पालिकाबाट बिदाबारी भएर काठमाडौं फर्कने क्रममा इलाका प्रहरी कार्यालय कालिकास्थान,रसुवाको चेकपोष्ट नजिकै उनीमाथि त्यहीँका युवा विश्व ढकालले हातपात गर्नुका साथै दुर्व्यवहार गरेको बताइएको छ ।

ढकालले सापकोटा सवार गाडीको सिसा खोल्न लगाएर हातपात गर्नुका साथै मोसो समेत दलिएको भन्दै  कालिका गाउँपालिकाका कर्मचारीहरुले आपत्ति प्रकट गरेका छन् । पालिकाका कर्मचारीहरुले विज्ञप्ती जारी गर्दै यो घटनाले कर्मचारीहरुको मनोबल खस्किएको उल्लेख गरिएको छ । उनीहरुले सो घटनाको  घोर भर्सना समेत गरेका छन् । पालिकाका कर्मचारीहरुले दोषीउपर कडाभन्दा कडा कानुनी कारवाहीको माग समेत गरेका छन् ।कर्मचारीहरुद्धारा जारी विज्ञप्तीमा पालिकाका पाँच वटै वडाका कर्मचारीहरुले व्यक्तिगत सुरक्षाको प्रत्याभुति नभएसम्म अनिश्चितकालसम्मका लागि पालिकाबाट प्रदान गरिने सम्पूर्ण सेवा ठप्प पारिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।यो घटनापछि ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई छुटाउनका लागि राजनीतिक तबरबाट दबाब तिव्र पारिएको प्रशासनले जनाएको छ ।

No description available.

पालिका प्रेस
थप जानकारी