हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१४ मयुरधापमा पक्की सडक निर्माणको शिलान्यास गरिएको छ । कुख्रेनी खोला देखि मयुरधाप सम्मको सडकलाई पक्की निर्माण गर्नका लागि बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गरे। बागमती प्रदेशकाे ७९ लाख रुपैयाँ लागतमा सडक निर्माण गर्न लागिएको हो ।

६ मिटर चौडाई रहेको यस सडक ८ सय मिटर लामो निर्माण हुने छ । सडकको शिलान्यास गर्नै पूर्व मुख्यमन्त्री पौडेलले पहिले एमालेका पालामा भएका विकासका काम गाउँ गाउँ सम्म पुगेको बताउनुभयो । हरेक गाउँमा पक्की सडक, पुल निर्माणका कामले गति लिएपनि अहिलेको सरकारले विकास निर्माणका काम गर्न नसकेको बताए ।

कार्यक्रममा प्रदेशका पूर्व मन्त्री जुनेली श्रेष्ठ, संबिधान सभाका सदस्य अनन्त पौडेल, हेटौंडा–१४ का वडा अध्यक्ष दिपक खड्का लगायतकाको आतिथ्यता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी