मकवानपुरको इन्द्रसरोवर गाउँपालिका स्थित सिम्लाङ–ठाडोखोला झोलुंगे पुल बन्ने निश्चित भएको छ । मकवानपुर–२ का प्रतिनीधिसभा सांसद तथा नेकपा (एमाले)का मुख्य सचेतक महेश कुमार बर्तौलाको पहलमा पुल बन्ने निश्चित भएको उनको सचिवालयले जानकारी दिएको छ । साँसद बर्तौलाले २१ माघमा सामाजिक सञ्जाल फेसबुक मार्फत अर्थ मन्त्री बिष्णु प्रसाद पौडेललाई धन्यवाद दिंदै उक्त पुलले अर्थ मन्त्रालयबाट बहुबर्षिय स्रोत सहमती पाएको सांसद वर्तौलाका निजी सचिव आशिष अस्लामीले जानकारी दिए ।

बतौलाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् – “माननीय अर्थमन्त्रीज्यूलाई हार्दिक आभार । इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ स्थित इन्द्रसरोवर ताल माथी “सिम्लाङ–ठाडो खोला झोलुंगे पुल“ निर्माणको लागि अर्थ मन्त्रालयबाट आवश्यक पर्ने ३ करोड ४० लाख रकमको बहुबर्षिय स्रोत सुनिश्चितता प्राप्त भएको छ ।’ स्रोत सुनिश्चिततासंगै यहि मागमा पुलको निर्माणको लागि ठेक्का आह्वान हुने बर्तौलाले बताए । झोलुङ्गे पुल निर्माणबाट सानो माखु, गैरा, भिरखर्क, टौमाठ, सिम्लाङलगायतका स्थानीय वासिन्दाहरु लाभान्वित हुनेछन् । पुल अभावमा करिब साँढे २ घण्टा घुमाउरो बाटो हुँड्नुपर्ने बाध्यताको अन्त्यसंगै विद्यालय जान–आउन डुंगाको साहारा लिनुपर्ने बालबालिकाहरुमा ठूलो लाभ पुग्ने स्थानीय राजु बस्नेतले जानकारी दिए ।

साविक मार्खुको सिम्लाङलगायतको क्षेत्रको पर्यटनको व्यवसायीक प्रवद्र्धनमा सहयोग समेत पुग्ने सो पुलबाट वारी–पारीका करिव पाँचसय घरधुरीका जनताले प्रत्येक्ष लाभ प्राप्त गर्ने बताउँदै बस्नेतले खुशी व्यक्त गरे ।

पालिका प्रेस
थप जानकारी